दुई कदममा कागभन्दा कोइली चलाख

दुई कदममा कागभन्दा कोइली चलाख

आगामी मंसिर २९ गते रिलिज हुने फिल्म दुई कदमको नयाँ गीत काग भन्दा कोइली चलाख सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द रचना र विकास चौधरीको संगीत रहेको छ। गीतको भिडियोमा गौरव पहारी, विल्सनविक्रम राई, इओन लिम्बू, सिमोन गिरी, विमला लिम्बू र गीता ढुंगाना फिचर्ड छन्।

ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन्। रोमान्टिक भावको गीतमा कलाकारहरू दिल खोलेर नाँचेका छन्।

उदय सुब्बाद्वारा निर्देशित फिल्ममा सुनील थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्मालगायतले पनि अभिनय गरेका छन्।

अजम्बरी फिल्म्स्को व्यानरमा तारा देवी लिम्बूद्वारा निर्मित फिल्मको एक गीतमा अभिनेता विल्सनविक्रम राईले पनि विशेष भूमिका निर्वाह गरेका छन्। मुस्ताङमा एक गीतको छायांकन गरिएको फिल्मको छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डीपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, विक्रम डिसीको छायांकन र प्रवीण ढकालको सम्पादन रहेको फिल्म रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *