
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सत्ता सहयात्री दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा वालुवाटार पुगेका छन् ।
वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीलाई भेट्न सभापति देउवा बिहीबार बिहान गएका थिए ।
उनीहरुबीचमा भएको कुराकानीको विषय सार्वजनिक भने भएको छैन । तरपनि उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको अनुमान गरिएको छ ।
यतिबेला काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री प्रहरी नियन्त्रणमा छन् । उनलाई प्रहरीले बुधबार नक्कली शरणार्थी प्रकरणमा मुछिएको भन्दै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
त्यसका साथै देउवापत्नी आरजु राणासमे नक्कली शरणार्थी प्रकरणमा जोडिएको परिचर्चा चलिरहेको छ । सोही अवस्थामा प्रधानमन्त्री र देउवाबीच भेटवार्ता हुनुलाई शंकाको साथ हेरिएको छ । यो प्रकरणले देउवासमेत अप्ठ्यारो अवस्थामा छन् ।
त्यस्तै देउवाले प्रधानमन्त्रीलाई भेटे लगत्तै एमाले उपाध्यक्ष सुवास नेम्वाङ वालुवाटार पुगेको बुझिएको छ । भ्रष्ट्रचार प्रकरणमा दलको ठूलै नेताहरु पक्राउ पर्न थालेपछि नेपाली राजनीतिक क्षेत्र ने तरङ्गित बनेको छ ।
नक्कली भूटानी शरणार्थी प्रकरणमै एमाले सचिव टोपबहादुर रायमाझीबिरुद्ध पनि प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । गत बैशाख २० गते नै प्रहरीले पक्राउ पूर्जी जारी गरेपनि उनी पक्राउ भने पर्न सकेका छैनन् ।