देविकाले आफ्नै निर्देशनको भिडियोसहित ल्याइन् बुद्ध वन्दना

देविकाले आफ्नै निर्देशनको भिडियोसहित ल्याइन् बुद्ध वन्दना

लोकप्रिय गायिका देविका वन्दनाले हालै राजधानीमा आयोजित एक समारोहबीच आप्mनो स्वरमा आफैले निर्देशन गरेको म्युजिक भिडियोसहितको बुद्ध भजन बुद्ध सादर वन्दना सार्वजनिक गरेकी छन्।

क्यान्सरजस्तो प्राणघातक रोगलाई जितेपछि देविकाले सार्वजनिक गरेको भजनमा उनका साथमा डा. दिनबन्धु शर्माको शब्द रहेको छ। बुद्ध भजनमा देविकाका साथमा बिजेश र मनिसको संगीत रहेको छ। बौद्ध धर्मगुरु निक्रोध महास्तविको नेतृत्वमा प्राथना गर्दै शुरु भएको कार्यक्रममा उल्लेख्यरुपमा बौद्ध भिक्षुहरुको सहभागिता रहेको थियो। समारोहमा बोल्दै निक्रोध महास्तविले देविकाले हाँसेर रोगसँग लडी बुद्धबारे तयार गरेको भिडियोले बुद्ध तथा बुद्धको जन्मथलो नेपाललाई संसारभर पुर्याउन महङ्कवपूर्ण भूमिका खेल्ने चर्चा गरे। सीएनएन हिरो तथा माइती नेपालकी सञ्चालिका अनुराधा कोइरालाले देविकाले रोग लाग्यो भनेर चुप लागेर नबसेको र केही न केही गरिरहने बानीका कारण रोगलाई जितेर गीत संगीतमा बढाएको सक्रियताबाट अन्यले पनि सिक्नुपर्ने बताइन्। अभिनेत्री वसुन्धरा भुसालले देविकाको बुद्ध वन्दना संसारभर फैलिने बताइन्। साहित्यकार उषा शेरचनले देवीका दर्शकको मात्र नभई साथीभाइ तथा पारिवारिक रुपमा पनि उत्तिकै प्यारो भएको बताइन्। देविकाको संगीत गुरु समेत रहेकी गायिका कुन्ति मोक्तानले सधंै नयाँ र केही न केही गरिरहने देविकाको स्वभावको सराहना गरिन््। अभिनेत्री, निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाले बुद्ध भजनको सम्पूर्ण पक्ष गुणस्तरको हिसाबमा राम्रो भएको बताइन्।

गायिका देविका वन्दनाले भजन रेकर्डिध्र तथा भिडियो बनाउँदाको अनूभव शेयर गर्दैै बुद्ध भजन गाउन सबैभन्दा गाह्रो भएको बताइन्। ञयो भिडियो र भजन निर्माण गर्दा मैले निकै दुःख पाएकी छु भने समय र मेहनत पनि एकदमै धेरै लागेको छ। बुद्ध भगवान्बारे फरक खालको भजन बनाउने मेरो सोच थियो। बौद्ध भजन भएकाले फरक नपरोस् भनेर राजन ईशान भाइले बौद्धमा गएर संगीत रेकर्ड गरेर ल्याउनुभएको थियो र त्यही सुनेर मुम्बई गएर भजन रेकर्ड गराएर ल्याएँ। बुद्ध भजन सबैभन्दा गाह्रो र सोचेर बुझेर गाउनुपर्ने रहेछ, देविकाले सुनाइन्।

उनले अडियो रेकर्डपछि भिडियो बनाउने योजना बनाउँदै गर्दा आफूलाई स्तन क्यान्सरले च्यापेको स्मरण गर्दै भनिन् ञभिडियोको कन्सेप्ट बनाउँदै गर्दा मलाई रोगले च्याप्यो। अस्पतालको शैयामा किमो चढाइरहँदा पनि म यसरी सुटिङ गर्छु, यस्तो दृश्य समावेश गर्छु भनेर यहीबारे सोचिरहन्थे। रोगलाई जितेर सामान्य जीवनमा फर्किएपछि भजनको भिडियो निर्माणमा लागे, तर भिडियोमा लगानी गर्न पर्याप्त पैसा थिएन। घर परिवारसँग पनि लिन चाहन्न थिएँ। नेपाल टुरिजम बोर्ड र मन्त्रालयसम्म धाउँदा पनि सहयोग जुटेन। कतिपय सहयोग गर्छौ भन्ने व्यक्ति पनि भिडियोको बजेट सुनेपछि सम्पर्कमा आउनुभएन, उनले भावुक हुँदै सुनाइन् यसै क्रममा एकल साँझ गरेर मैले सञ्चालन गरेको एमी नेपाली किचेनबाट आएकोलगायत विभिन्न रकम जम्मा गरेर निकै दुःख र मेहनतको साथ यो गीत र यसको भिडियो तयार पारेकी हुँ।

सञ्चारकर्मी नरेश भद्मराईले कार्यक्रम सञ्चालन गर्दै देविकाले नै भजनको सीडी निकाल्न सुरुवात गरेको र नेपालमा मात्र नभई विभिन्न देशका हिन्दू मन्दिरमा सबैभन्दा बढी बज्ने भजन देविकाकै रहेको जानकारी गराए।

बुद्धको जन्मस्थल लुम्बिनी, गौतम बुद्धको जीवनी तथा बुद्धले दिएका सन्देशका साथै, बुद्धले संसारभर फैलाएका उपदेशबारे चर्चा गरिएको गीतको भिडियोमा गीतअनुसारको दृश्यहरु समावेश गरिएको छ। डझोनबाट खिचिएका लुम्बिनी, बौद्धलगायत बौद्ध धर्म मान्ने विश्वका विभिन्न देशमा रहेका बौद्ध गुम्बा र विहारका मनामोहक दृश्यका साथमा चर्या नृत्य, पञ्चकन्या, प्रार्थना गरिरहेका भिक्षुलगायतका दृश्य समावेश गरिएको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी, रामकुमार केसीको छायांकन र प्रवीण भट्टको सम्पादन रहेको छ।

समारोहमा विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी आठ महिलालाई सम्मान गरिएको थियो। कार्यक्रममा सीएनएन हिरो अनुराधा कोइराला, अभिनेत्री वसुन्धरा भुसाल, साहित्यकार उषा शेरचन, गायिका कुन्ती मोक्तान, अभिनेत्री करिश्मा मानन्धर, फिल्म निर्देशक तथा दीपाश्री निरौला, निर्मात्री रोशनी केसी र गायिका सुनीता दुलाललाई सम्मान गरिएको थियो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *