देशको समग्र हितको रक्षापछि मात्रै संसद गतिरोध अन्त्य हुन्छ : ओली

देशको समग्र हितको रक्षापछि मात्रै संसद गतिरोध अन्त्य हुन्छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन् ।

आईतवार बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हटाउने बताए ।

उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हीतको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’

प्रतिपक्षी दलहरुको बिरोधका कारण प्रतिनिधि सभाको बैठक १ घण्टाका लागि स्थगित भएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *