देश सीमित राजनीतिक पार्टीहरुको बन्दक बनिरहेको छ : अध्यक्ष लिङ्देन

देश सीमित राजनीतिक पार्टीहरुको बन्दक बनिरहेको छ : अध्यक्ष लिङ्देन

  • युवराज आचार्य

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रका) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले अहिले देश केही सिमित राजनीतिक पार्टीहरुको बन्दक बनिरहेको आरोप लगाएका छन् ।

शुक्रबार (आज) गृह जिल्ला झापा पुगेका पूर्व उपप्रधानमन्त्री तथा संघीय सांसदसमेत रहेका अध्यक्ष लिङ्देनले मेचीनगरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मेचीनगरद्वारा आयोजित तीज बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै ठूला पार्टीहरुको बन्दक बनिरहेका जनतालाई अब राप्रपाले बन्दक मुक्त बनाउने बताए ।

देशलाई सम्मुन्नत बनाउने हो भने, त्यसलाई तोड्नुपर्ने उनको भनाइ थियो। अहिले देश उदोगतीमा गइरहेको बताउँदैं उनले अब जनता सचेत हुनुपर्ने समय आएको बताए । अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्र निर्माण महा अभियानमा जुटिरहेको बताउँदै त्यसलाई सबैले साथ दिनुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय केहि अराजक तत्वहरुले मिलेर बसेको नेपालीलाई जाती, धर्म, संस्कृति र भाषाको आधारमा भड्काउने कार्य भइरहेको बताउँदै त्यसतर्फ कोहि पनि नलाग्न अध्यक्ष लिङ्गदेनले आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य राजकुमार पोख्रेल, कोशी प्रदेशसभा सदस्य सविना बजगाई, प्रदेश सांसद गोपाल गजमेर, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, अशोक सुब्बा, सारदा रिजाललगायले बोलेका थिए ।

कार्यक्रममा पार्टीको विभिन्न गतिविधिमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा सम्मानित पवित्रा थापा, खड्ककुमारी बस्नेत, सुमित्रा अधिकारी
माया गुरूङ, मेनुका पराजुली रहेका छन् । त्यस्तै समाजमा शिक्षण पेशा तथा साहित्य क्षेत्रबाट योगदान पुर्याएकी मिरा काफ्ले पोख्रेल र सहयोगी दाता समाजसेवी महावीर अग्रवाल रहेका छन् ।

शोहि कार्यक्रममा दुई दर्जनबढी महिलाहरुलाई तीजको कोशेली स्वरुप साडी वितरण गरिएको थियो भने, कार्यक्रममा सहभागी सम्पूृर्णलाई दर खुवाइएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला सदस्य अस्मिता खरेलको अध्यक्षतामा आयोजना भएको तीज बिशेष कार्यक्रममा स्वागत राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापा क्षेत्र नं १ अध्यक्ष इन्दिरा खरेलले गरेकी थिइन् । कार्यक्रम सञ्चालन राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला सदस्य सुनिता शर्मा र मेचीनगर सचिव विशालकृष्ण बास्तोलाले गरेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *