दोलखाको वैतेश्वोर – ८ मा खुल्यो ‘जिरेल सामुदायिक होम स्टे’

दोलखाको वैतेश्वोर – ८ मा खुल्यो ‘जिरेल सामुदायिक होम स्टे’

    • सुशिला कार्की

दोलखा । दोलखाको मैनपोखरीबाट ५ किलो मिटरभित्र पर्ने वैतेश्वोर गाउँपालिका वडा नम्बर – ८ स्थित अल्पसंख्यक जाति जिरेल बस्तिमा निर्मित ‘जिरेल सामुदायिक होमस्टे’ले पर्यटक भित्र्याउन सुरु गरेको छ ।

होम स्टेले जिल्ला आयुर्वेदिक स्वास्थ केन्द्र दोलखालाई पहिलो पाहुना बनाउँदै दुई दिने योग तथा अभिमुखिकरण तालिम लिएर पर्यकट भित्र्याउन सुरु गरेको हो ।

दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ३३ किलोमीटर पूर्वमा रहेको उक्त होम स्टे शनिबार वडाध्यक्ष सान्त बहादुर जिरेलको उपस्थितीमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

होम स्टेका सम्योजक हरि जिरेलको सभापतित्व रहेको सो कार्यक्रममा उपस्थितहरुले होम स्टे मौलिक र सुविधामूलक रहेको प्रतिकृया दिएका थिए ।

जिल्ला आयुर्वेदिक स्वास्थ केन्द्र दोलखाका प्रमुख डाक्टर मनोज कुमार चौधरीले स्थानीय स्तरमा स्वस्थ र अर्गानिक खाना तथा मनोरम दृश्य अवलोकनसहितको होम स्टे बनेकोमा खुसी व्यक्त गरे ।

सो होम स्टे आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले दुई अघि नै दर्ता भएको थियो । यद्यपि औपचारिक रुपमा संचालन भने शनिबारबाट मात्रै भएको हो ।

होम स्टे संचालनमा आएको क्षेत्रमा जिरेल समुदायको जिरी पछिकै बाक्लो बस्ती रहेको छ ।

प्रचुर मात्रामा पर्यटकीय स्थल रहेको यस स्थानमा कालाघारी झरना, सति चिहान , सत्यदेवीको छाँया पतन भएको मानिने क्षत्रवती मम्दिरदेखि लिएर बेग्लै पहिचान भएको विभिन्न क्षेत्रहरुको दृष्यावलोकन गर्न सकिने संचालक हरि जिरेलले बताए ।

होम स्टेलाई टिकाइ राख्न तथा पर्यटकीय स्थलगत हरुको संरक्षणमा स्थानीय निकाएले पनि सक्दो पहल गर्ने वैतेश्वोर ८ का वडाध्यक्ष सान्त बहादुर जिरेलले बताएका छन ।

जिरेल समुदायको बाहुल्यता र संस्कृतिले भरिपूर्ण यस स्थानलाई राज्य तथा स्थानीय निकायले पर्यटकीय क्षेत्रका रुपमा प्रर्वद्र्धन गर्न सके दोलखाको आर्थिक स्तर उकास्न मद्यत पुर्याउने निश्चित छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *