धाैलागिरि अस्पतालमा पाैने ५ किलोको बच्चा जन्मियाे

धाैलागिरि अस्पतालमा पाैने ५ किलोको बच्चा जन्मियाे

धाैलागिरि अस्पतालमा पाैने ५ किलोको बच्चा जन्मियाे

बागलुङ  ।  धाैलागिरि अस्पताल बागलुङमा पहिलोपटक सबैभन्दा बढी ताैल भएको बच्चा नर्मल रूपमा जन्म भएको छ । दशैंका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ डाक्टर नभएको समयमा अस्पतालमा भएको स्वास्थ्यकर्मीकाे सक्रियता बागलुङ जैमुनि नगरपालिकाका एकजना महिलाले बच्चा जन्म दिएका हुन् ।
धाैलागिरि अस्पताल बागलुङमा एकजना महिलाले ४ केजी ७ सय ५० ग्रामकाे बच्चा लाई जन्मदिएका छन् । बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ३ का ३२ वर्षीया  मालती छन्त्याल तामाङले अस्पतालको प्रसूती वार्डमा बिहीबार छाेरा जन्माएकी हुन् ।यो छन्त्यालकाे चाैथाे सन्तान हाे ।

नेपालीहरूकाे महान चाड विजया दशमीकाे दिन सुत्केरी हुनका लागि धाैलागिरि अस्पताल बागलुङ आएर भर्ना भएकि छन्त्यालले झन्डै ५ किलो ताैल भएको बच्चा नर्मल जन्माएको धाैलागिरि अस्पताल बागलुङले जनाएको छ ।

पेटमा बच्चा ठूलो भएको हुनाले अस्पताल बाट पाेखरा जान सल्लाह दिनुभएको थियो तर पहिलाको सन्तान पनि नर्मल जन्मिएको कारणले आफूलाई यसपटक पनि नर्मल बच्चा जन्मिन्छ भन्ने लागेर यहीँ भर्ना भएको सुत्केरी महिला मालती छन्त्याल तामाङले बताइन् ।

दशैकाे बेलामा पाेखरा जान पनि गार्‍हो थियो आफ्नो नजिकको अस्पतालमा डेलिभरी गराउने बिचार गरेर यहाँ डाक्टर नहुदा पनि अस्पतालमा भएको जनशक्तिकाे सहयोगमा राम्रोसँग बच्चा जन्मिएका मातलीका पति नेत्रबहादुर छन्त्यालले बताए ।

दशैंकाे बेला अस्पतालमा स्त्रीरोग बिशेष डाक्टर बिदामा भएको बेला प्रसुतीकाे लागि अस्पतालमा आएका मालतीलाई अस्पतालमा डाक्टर नभएको जानकारी गराउदा समेत यहीँ डेलिभरि हुने भनेपछि भर्ना गरेको अस्पतालका स्टाफ नर्सले बताए ।

धाैलागिरि अस्पताल बागलुङमा प्रसूतीका लागि दिनमा झण्डै एक दर्जन महिला दिदिबहिनीहरू आउने गर्छन् यसभन्दा अघि अस्पतालमा बढीमा ४ किलो ५०० ग्राम सम्मको बच्चा जन्म भएको थियो । यसपटक सबैभन्दा बढी ४ किलो ७ सय ५० ग्रामकाे बच्चा नर्मल डेलिभरी भएको छ । यसअघि ठूलो ताैल भएको बच्चा जन्माउन नसक्दा अप्रेसन गरेरमात्र बच्चा निकाल्ने गरिन्थ्यो ।  अहिले बच्चा र आमा दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *