धेरै नेपाली बसोवास गर्ने देशमा अवैतनिक राजदुतबाट छिटो राहदानी दिऔँ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै नेपालीहरु भएको देशमा अवैतनिक राजदुतका माध्यमबाट राहदानी दिने पहल थाल्न सरकारसँग आग्रह गरेका छन् ।

बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले धेरै नेपालीहरु बसोवास गर्ने देशका शहरहरुमा अवैतनिक राजदुतका माध्यमबाट समयमा नै राहदानी नविकरण गर्नुपर्ने बताए । कतिपय देशका दुतावासमा कर्मचारीहरु कम हुँदा समयमा नै काम सम्पन्न गर्न कठिनाइ भएको गुनासो आइरहेकोप्रति सरकारको ध्यानाकर्षण उनले गराए ।

उनले समयमा नै राहदानी खरिद गर्नसके कम मूल्य पर्ने बताए । उनले सरकारले सिमित समसभित्र कति राहदानी आवश्यक पर्छ ? भन्नेकुरालाई ध्यानमा राखि समयमै खरिद गर्न सक्नुपर्ने बताए ।

भेरियसनको नाममा म्यानुपुलेशन बढी हुने भन्दै यसतर्फ सचेत रहनुपर्ने बताए । उनले समयमा नै राहदानी खरिद गर्न नसके राहदानीको मूल्य ठेकेदारहरुले बढाउँदै लैजाने गरेको बताए ।

 

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top