मंसिर ११ ।
कपिलवस्तु जिल्ला अदालत तौलिहवाको लगत नम्बर २४१८, २४२० र २४२२ अन्तर्गत नकवजनी चोरी कसुर मुद्दामा फरार रहेका प्रतिवादी मोहम्मद आजम मुसलमानलाई पक्राउ गरिएको छ। कृष्णनगर नगरपालिका-२, पुरानो बसपार्कका ३२ वर्षीय मुसलमानलाई अदालतले १ वर्ष १ महिना १५ दिन कैद सजाय र रु. १,९५,११८ जरिवाना तोकेको थियो।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा २०८१ मंसिर १० गते साँझ ८ बजे कृष्णनगर नगरपालिका-२, पुरानो बसपार्कबाट उनलाई पक्राउ गरेको हो। पक्राउ परेपछि उनलाई २०८१ मंसिर ११ गते जिल्ला अदालत तौलिहवा प्रस्तुत गरिएको थियो। अदालतले कैद भुक्तानका लागि कारागार कार्यालय तौलिहवा पठाएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले बताएको छ।