नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी, खाँणसहित १४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी, खाँणसहित १४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

बुधबार जिल्ला अदालत काठमाडौंले प्रहरी परिसर काठमाडौलाई पक्राउ परेका रायमाझी, खाँणसहित सबै १४ जनालाई ३ दिन म्याद थप गरी अनुसन्धानका लागि समय दिएको हो ।
त्बतब

सरकारी वकिल कार्यालयले वैशाख १३ गते शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधवार साँझसम्म बुझाउन भनेको छ । जिल्ला प्रहरीलाई निर्देशन दिएको थियो । यद्यपि, अनुसन्धान अझै बाँकी रहेकाले तीन दिनको समय थप गरिएको छ ।

गएको चैत १२ गते उक्त प्रकरणमा केशव दुलाल, टङ्क गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेपछि रहस्य बाहिरिएको थियो । त्यसपछि क्रमशः अन्य पक्राउ परेका थिए ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *