नम्रतासँग परेको थियो झगडा

नम्रतासँग परेको थियो झगडा

निर्देशक गुरुङले ८÷९ महिनाअघि नम्रताले सारुकलाई दोलालघाटस्थित मसानघाटमा लगेर एक तान्त्रिकबाट रातको १२ बजे कालो बोकासहित पूजा गरी घाँटीमा बुटी बाँधिदिएको समेत खुलाएका छन्। नम्रताजीले मेरो एउटा तान्त्रिक गुरु छ। उसले फिल्मको लागि र हाम्रो आर्थिक रुपमा पनि राम्रो गराउन सहयोग गर्छ।

त्यसका लागि पूजा गर्नुपर्छ भनेपछि हामी उनका साथ सिन्धुपाल्चोकको दोलालघाट गएका थियौं। खोला नजिकको महादेवस्थानमा पूजा गरेर फर्किएपछि ती तान्त्रिकले तपाईं यो विषयमा नयाँ हुनुहुन्छ, तपाईं यही बस्नु भनेकाले म होटलमै बसें। नम्रता र सारुक रातको १२ बजे मसानघाटमा गाएर कालो बोका पूजा गरेर फर्किए। नम्रताले मलाई त्यहाँबाट ल्याएको बुटि बाँधिदिएकी थिइन्। पूजा गरेर ल्याएको बोकाको मासु होटलमै प्रसादको रुपमा खाएका थियौँ। पूजाको लागि पाँच लाख रुपियाँ दिइएको थियो, राजीवको भनाइ छ। सारुकले आत्महत्या गरेको खबर सुनेपछि भने आफूले परिवार र साथीभाइको सल्लाहमा सो बुटी खोलेर फालिदिएको पनि राजीवले खुलाए। सारुक मेरो भाइजस्तै थियो, उसले आफ्नो सबै कुरा मलाई सेयर गथ्र्यो। उसले आत्महत्या गरेको दिन रेप सिनको शट थियो र सिन सकाएपछि सारुकले सिन कस्तो भयो भनेर सोध्यो। मैले ठीक छ भाइ भनेपछि उसले खुसी भएर अर्को सिनको लागि सल्लाह गरेको थियो। त्यही सिनको वाइड शट लिएपछि नम्रताजी र सारुक भाइ माथि कोठामा जानुभयो। त्यसपछि नम्रताले सारुकलाई ठूलो स्वरले कराएको सुनियो। हामी अर्को टेकका लागि उहाँहरुलाई कुरिरहेका थियौं। ढोका भने लक थियो। पछि म चुरोट खान बाहिर निस्किएँ। त्यो बेला सारुक एक्लै टोलाएर बार्दलीमा बसिरहेको देखेँ। अर्को शट रोयदीप भाइसँग थियो, निर्देशक गुरुङले सुनाए त्यो शट लिईरहँदा सारुक टोलाइरहेको थियो। मैले सारुक भाइ आर यु ओके भनेर सोधेँ। उसले आई एम नट ओके भन्यो। त्यो दिन र्यापअप गरेर फेरि पनि नाउ आर यु ओके भने उसले कम मात्र हल्लायो। म घर गएँ अनि भोलिपल्ट सारुकले आत्महत्या गरेको सुन्नमा आयो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *