नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ

नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांसद सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रण्चड’को सिफारिसमा आचार्यलाई आज मन्त्री पदमा नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री आचार्यले आजै राष्ट्रपति पौडेल समक्ष पद तथा गोापनियताको शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहाल, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए। राष्ट्रपतिले प्रधानमन्त्री दाहालको सिफारिसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवलाई जिम्मेवारी हेरफेर गरी खानेपानी मन्त्री तोकेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *