नांगो गाउँमा मास्टर बनेका दयाहाङको राजनीति

नांगो गाउँमा मास्टर बनेका दयाहाङको राजनीति

आगामी भाद्र २९ गते रिलिजमा आउने फिल्म नांगो गाउँको टिजर सार्वजनिक गरिएको छ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको टिजरमा गाउँमा हुने राजनीतिक परिवेशलाई उठान गरिएको छ। एक इमानदार शिक्षक चाहेर वा नचाहेर, स्वविवेकले वा करकापले कसरी राजनीतिज्ञ बन्न पुग्छ भन्ने कथा फिल्मको टिजरमा देखाइएको छ।

राजनीतिले गाउँलाई कसरी छुन्छ र राजनीति अनि चुनावका नाममा के के सम्म हुन्छ भन्ने पनि टिजरले बोल्छ। फिल्मा अभिनेता दयाहाङ राई शिक्षक र राजनीतिज्ञ बनेका छन्। टिजरमा फिल्मका सबैजसो कलाकारलाई देखाइएको छ भने कमेडी, पारिवारिक कथा, राजनीतिक विषयवस्तु पनि पस्किएको छ।

क्लक वर्क क्रियसन प्रालिको ब्यानरमा जय श्रेष्ठको निर्माण र हिमाल शर्माको प्रस्तुतिमा बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, शिशिर वाध्र्देल, कमलमणि नेपाल, रवीन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाइ जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेशप्रसाद पौडेल, शंकर आचार्य, इस्टु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकरलगायतका कलाकारले अभिनय गरेका छन्। रामहरी श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, आलोक शुक्लाको छायांकन निर्देशन र बनिश शाहको सम्पादन रहेको छ।

दीपेन्द्र लामाले घामपानी, गोपी, छ माया छपक्कै, २ नम्बरीजस्ता सामाजिक कथावस्तुका व्यावसायिकरुपमा सफलता हासिल गर्न सफल फिल्मपछि नांगो गाउँ निर्देशन गरका हुन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *