
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा (प्रमाण) आफ्नो कार्यालयसँग सम्बन्धित नभएको जनाएको छ ।
अमेरिकी नागरिकता त्यागेको लामिछानेको निस्सा कार्यालयसँग सम्बन्धित नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतले मागेको पत्रको जवाफ पठाएको हो । युवराज पौडेल सफलको निवेदनअनुसार सर्वोच्च अदालतले गत वैशाख २७ गते जिल्ला प्रशासनलाई पत्र लेख्दै रविले अमेरिकी नागरिकता त्यागेको प्रमाण माग गरेको थियो ।
गत माघ १५ गते पुरानै नम्बरसहितको नेपाली नागरिकता पुनःप्राप्ति गर्ने क्रममा रविले अमेरिकी नागरिकता त्यागेको निस्साबारे सर्वोच्चको पत्रको जिल्ला प्रशासन कार्यालय काठमाडौंले विरोधाभासपूर्ण जवाफ दिएको हो । प्रशासनका कानुन अधिकृत सानोबाबु श्रेष्ठले जेठ ३ गते सर्वोच्चलाई लेखेको जवाफमा उक्त कुरा आफ्नो कार्यालयसँग सम्बन्धित नरहेको बताएका छन् ।