नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध आन्दोलन

नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध आन्दोलन

काठमाडौँ । नेपाल किसान मजदुर पार्टीले नागरिकता विधेयक प्रमाणीकरण भएको विरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ ।

आईतवार पार्टीका संगठनका नेता, कार्यकर्ताहरु भेला भइ यही जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नगरिकता विधेयक प्रमाणीकरण गर्नुभएको र नागरिकता विधेयक प्रमाणीकरण संविधान विपरित भएको भन्दै बिरोध प्रदर्शन गरेको हो ।

बिरोध प्रदर्शन काठमाडौंको कोटेश्वरदेखि संसद भवनसम्म भएको थियो । प्रर्दशनका क्रममा उनीहरुले नेपाली लेण्डुपहरु मुर्दावाद, देशभक्त नेपाली एक होऔँ, देशघाती नागकिरता विधेयक प्रमाणीकरण खारेज गर लगायतका नारा र ब्यानर बोकी प्रदर्शन गरेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *