नागरिक उन्मुक्ति पार्टीद्वारा जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा

नागरिक उन्मुक्ति पार्टीद्वारा जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ ।

मंगलबार सर्वाेच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि बुधबार काठमाडौं पत्रकार सम्मेलनमार्फत नाउपाले नेपाल बन्दको घोषणा गरेको हो ।

२०७१ भदौ ७ गते टिकापुर घटनामा ९ सुरक्षाकर्मीसहित १ बालकको मृत्यु भएको थियो । उक्त घटनाका मुख्य आरोपी चौधरी हाल जेलमा रहेका छन् ।

नाउपाले विज्ञप्तिमार्फत डा. सीके राउत, नेत्रविक्रम चन्द (विप्लव) ले घटाएका घटनालाई राजनीतिक घटना मानेर मूलधारको राजीतिमा ल्याउने तर, टीकापूरमा घटेको घटना किन राजनीतिक विषय बनेन भन्दै प्रश्न पनि तेर्साइएको छ । यसका साथै सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित नेपाल बन्दको घोषणा गरिएको छ ।

वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्तिमार्फत भनेका छन्, ‘यदि लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन, हामी आन्दोलन गर्न विवश हुनेछौं । जेठ ३ ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

नाउपाले टीकापुर घटना हिंसात्मक नभई राजनीतिक भएकाले राजनीतिक हिसाबले नै समाधान गर्नुपर्ने भनेको छ । ‘हिजोको सम्मानित अदालतको फैसला न्यायमूर्तिहरुको निर्णय स्वीकार्य छ तर यो राजनीतिक मुद्दा हो अदालती होइन आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *