Homeमनोरञ्जनखेलकुदनामिबियालाई पराजित गर्दै नेपालकाे लगातार तेस्रो जित नामिबियालाई पराजित गर्दै नेपालकाे लगातार तेस्रो जित February 18, 2023 / Leave a Comment काठमाडौं ,६ फाल्गुन २०७९, शनिबार, । आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले नामिबियालाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा पनि नेपालले नामिबियालाई पराजित गरेको थियो भने दोस्रो खेलमा स्टकल्याण्डलाई हराएको थियो ।नामिबियाले जितका लागि दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले ४७ दशमलव तीन ओभरमा सात विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा आशिफ शेखले सर्वाधिक ८१ रन बनाए । कूल ९८ बल खेलेको उनले आठ चौका र दुई छक्का प्रहार गरे ।त्यसैगरी ज्ञानेन्द्र मल्लले ६५ रन बनाए भने कुशल मल्ले ६२ रन जोडे । कप्तान रोहित पौडेलले ३९ रन बनाए । सोमपाल कामी आठ रनमा अविजित रहँदा सन्दीप जोराले तीन तथा कुशल भुर्तेलले एक रन बनाएका थिए । बलिङतर्फ नामिबियाको रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए भने बेर्नाड स्कोटजले दुई विकेट झारे ।टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर दुई सय ७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ६३ बल खेल्दै ११ चौका र एक छक्का प्रहार गरे । नामिबियाका अर्का खेलाडी पिकीं या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५–१५ रन बनाए ।बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै करण केसीले एक विकेट लिए । त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अब नेपालले आफ्नो अन्तिम खेल यही फागुन ९ गते स्कटल्याण्डसँग खेल्नेछ । Share this:Click to share on Facebook (Opens in new window)Click to share on WhatsApp (Opens in new window)Click to share on Twitter (Opens in new window)Click to share on LinkedIn (Opens in new window)Click to share on Telegram (Opens in new window)Click to print (Opens in new window) Related
चौथो शुद्धोधन राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु खेलकुद, ताजा खबर प्रभुनाथ गुप्ता , कपिलवस्तु , फाल्गुन ७जिल्लाको शुद्धोधन गाउँपालिकामा चौथो शुद्धोधन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि शुरु भएको छ । […]
खेलकुद आईपीएल क्रिकेट : चेन्नईले बेंगलोरलाई हराएर तेस्रोमा । २०८०बैशाख ५ , इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले रोयल […]
ओमानमाथि नेपालले निकाल्यो ८४ रनको शानदार जित । खेलकुद २०८० वैशाख ८ गते , काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ ।नेपालले दिएको […]