निलगाई शिकार प्रकरणमा कपिलवस्तुका फरहान खाँन हतियारसहित रंगेहात पक्राउ

निलगाई शिकार प्रकरणमा कपिलवस्तुका फरहान खाँन हतियारसहित रंगेहात पक्राउ

बैशाख २१,
संरक्षित वन्यजन्तु निलगाई मारेको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ परेका छन् । प्रहरीले फरहान खाँनलाई हतियारसहित पक्राउ गरेको छ । 
गएराति १ बजे स्थानीयको सहयोगमा उनी पक्राउ परेका हुन् । स्थानीयको सहयोगमा प्रहरीले मारिएको निलगाईसहित शिवराज नगरपालिका २ का फरहानलाई शिकारको बन्दोबस्तीका सामानसहित नियन्त्रणमा लिएको हो । 

ईलाका प्रहरी कार्यालय कृष्णनगर तथा प्रहरी चौकी उदरपुरको टोलीले उनलाई महाराजगञ्ज ६, सानो बुटहनियास्थित उखुबारीबाट नियन्त्रणमा लिएको थियो । उनको टोली बा. १७ च ८९० नम्बरको हाइलक्स गाडी, यूपी ५५ आर ६१७६ नम्बरको पीकअप, लु.५० प ४१२ नम्बरको मोटरसाइकल तथा एक भारतीय मोटरसाइकल लिएर त्यहाँ पुगेको थियो ।  
खानको झोलाबाट प्रहरीले ६ थान गोली, चक्कु र अन्य सामाग्री पनि बरामद गरेको छ । प्रहरीले मरेको निलगाई, शिकारमा प्रयोग भएका सवारी साधन, गोली तथा अन्य सामाग्री गौतमबुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटामा बुझाएको छ । घटनाको अनुसन्धान सहायक वन अधिकृत पहलमान सेर्बुजा मगरले थालेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *