
त्यस अवसरमा जोर्ज जोन, डा.दीलबहादुर क्षत्री, पीताम्बर शर्मा, बालगोपाल अमात्य, प्राडा केशरजंग बराल, प्राडा यादवप्रसाद शर्मा गौडेल, प्राडा विश्वकल्याण पराजुली, रघुनाथ अधिकारी, प्राडा वेदनाथ शर्मा, उमाकान्त शर्मा, प्राडा कुसुमाकर न्यौपाने, गोविन्द प्रसाद शर्मा, गेहेन्द्रेश्वर कोइराला, प्राडा कृष्णप्रसाद पौडेल, कृष्णबहादुर गुरुङ, डा. कृष्ण केसी, राजेन्द्र तिवारी लगायतले शुभकामना राखे । कार्यक्रमका बीच संस्थाद्वारा निकट भविष्यमा प्रकाशन गर्न लागिएको पत्रिकाका विषयमा छलफल भयो । छलफलले पत्रिकाको नाम निवृत्त प्राध्यापक समाज संक्षिप्त जीवनीपरक विशेषांक राख्ने र त्यसका लागि आर्थिक संकलनलाई तिब्रता दिने निर्णय पनि भएको छ ।
समाजमा हालसम्म विभिन्न विश्वविद्यालयबाट सेवा निवृत्त भएका कास्की, तनहुँ, स्याङजा लगायतका जिल्लाका ७० प्राध्यापक आवद्ध छन् । समाजले विभिन्न गोष्ठी, अन्तरक्रिया, तथा विरामी प्राध्यापक भेटघाट कार्यक्रम गर्दै आइरहेको छ ।
समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष प्रा.पद्यशरण रेग्मीले स्वागत तथा सञ्चालन सचिव प्राडा. ज्ञानबहादुर कार्कीले गरे ।