हेमजा । निवृत्त शिक्षक समुदाय कास्कीको आयोजनामा शनिबार पोखरा–२५, हेमजामा भएको भेलाले कृष्णबहादुर कुँवरको अध्यक्षतामा वडा समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा घननाथ भण्डारी, सचिवमा हरिप्रसाद पौडेल साथै कोषाध्यक्षमा वसन्तराज त्रिपाठी चयन भए । त्यस्तै भेलाले जान्ह्वी त्रिपाठी, नारायणप्रसाद त्रिपाठी, धर्मराज भण्डारी, भीमराज पौडेल, बलराम त्रिपाठी, धनपति तिम्सिना, होमबहादुर थापा, जनार्दन बास्तोला र कृष्णलाल सापकोटालाई सदस्यको जिम्मेवारी पनि दिएको छ । त्यस्तै कृष्णबहादुर थापालाई नगर प्रतिनिधि पनि तोकेको छ ।
समाजका जिल्ला उपाध्यक्ष भुवनेश्वर शर्मा पौडेलको संयोजकत्वमा खगेन्द्र थापा र गमबहादुर कुँवर सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा समिति चयन गरेको हो ।
पोखरा महानगरपालिका प्रवक्ता एवम् वडा न.२५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजका केन्द्रीय सदस्य जनकलाल श्रेष्ठ, निवृत्त शिक्षकहरु कृष्णबहादुर कुँवर, कृष्णबहादुर थापा, खगेन्द्र थापा लगायतले धारणा राखे ।
निवृत्त शिक्षक समुदाय कास्कीका अध्यक्ष छविलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष शर्माले स्वागत तथा सचिव शेषकान्त आचार्यले कार्यक्रम सञ्चालन गरे ।