निशुल्क शिविरमा १८० को दन्त परीक्षण

निशुल्क शिविरमा १८० को दन्त परीक्षण

पोखरा । पोखरामा भएको निशुल्क दन्त शिविरबाट १ सय ८० जनाले स्वास्थ्य लाभ लिएका छन् । वेस्ट भ्याली डेन्टल क्लिनिक र अभियान युवा क्लबको संयुक्त आयोजनामा पोखरा ५ जिरो किमीमा भएको निशुल्क शिविरबाट उनीहरुले लाभ लिएका हुन् ।

शिविरमा आएका बिरामीमध्ये धेरैले दाँत स्वास्थ्यमा चासो नदिएको पाइएको आयोजकले जनाएको छ । नियमित दाँत परीक्षणले दाँत सड्न, किरा लाग्न, गिजाको समस्या र मुखको क्यान्सरलाई प्रारम्भिक चरणमा पहिचान गर्न मद्दत गर्ने हुँदा नियमित दाँतको चेकअप आवश्यक रहेको डेन्टल सर्जन सम्झना गौतमले बताइन् ।

मानिसलाई दाँत/ मुखसम्बन्धी समस्याबाट हुने दुखाइबाट बच्न र उपचारमा लाग्ने खर्चबाट जोगिन पनि नियमित चेकजाँज गर्नुपर्ने उनको भनाइ छ । ‘मुख भनेको शरीरको ऐना हो । स्वस्थ शरीरको लागि स्वस्थ मुख हुन आवश्यक छ । नियमित दन्त चेकजाँज गरौं, यसले तपाईंलाई स्वस्थ पनि राख्छ भविष्यमा हुने ठूलो खर्च रकमलाई पनि जोगाउँछ,’ गौतमले भनिन् ।

निशुल्क शिविरमा उल्लेख्य सहभागिता रहेको र धेरैले दन्त स्वास्थ्यबारेमा जिज्ञासा व्यक्त गरेका वेष्ट भ्याली डेन्टल क्लिनिककी प्रमुख कार्यकारी अधिकृत सुभा कोइराला वाग्ले बताइन् ।

वेस्ट भ्याली क्लिनिकले दाँत, छाला तथा कपाल प्रत्यारोपणका सेवा दिँदै आइरहेको छ भने अभियान युवा क्लब विगत १७ वर्षदेखि सामाजिक क्रियाकलापमा सक्रियरुपमा काम गर्दै आएको संस्था हो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *