निष्पक्ष माविलाई स्वीट्जरल्यान्डबाट १५ लाख सहयोग

निष्पक्ष माविलाई स्वीट्जरल्यान्डबाट १५ लाख सहयोग

निष्पक्ष माविलाई स्वीट्जरल्यान्डबाट १५ लाख सहयोग

पोखरा।  माछापुच्छ्रे गाउँपालिका ५, रिभानको निष्पक्ष माविलाई स्वीट्जरल्यान्डका नागरिकले १५ लाख रुपैयाँ सहयोग गरेका छन् । विद्यालय परिसरको पहिरो नियन्त्रण गर्न जर्ज मेर्ज मार्टिन सिंगर र कुस्ची दम्पतीले उक्त सहयोग गरेका हुन्।

पूर्व शिक्षिका क्रान्ति गिरी र स्वीट्जरल्यान्डका नागरिक एरिकको पहलमा सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर रावतले जानकारी दिए । उक्त सहयोग शुक्रबार एक कार्यक्रमबीच विद्यालयलाई हस्तान्तरण गरियो । यो सहयोगबाट विद्यालय प्रांगणमा गएको पहिरो नियन्त्रणमा धेरै राहत हुने प्रअ रावतले सुनाए । ‘हाम्रो विद्यालय अगाडि पहिरो गएको छ । यो विषयमा स्वीट्जरल्यान्डबाट घुम्न आएका एरिक र क्रान्ति मिसले पहल गर्नुभयो,’ उनले भने, ‘एरिकले पनि केही सहयोग गर्नुभएको थियो । पछि उहाँकै पहलमा मार्टिन दम्पतीले १५ लाख सहयोग पठाउनु भयो ।’

पहिरो नियन्त्रणमा करिब ३५ लाख आवश्यक पर्नेमा यसअघि गण्डकी प्रदेश सरकारको ७ लाख ५० हजार र माछापुच्छ्रे गाउँपालिकाको ५ लाख रुपैयाँबाट पहिरो छेक्न जग हालिएको उनले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *