नीति तथा कार्यक्रमाथि आज एमाले अध्यक्ष ओलीले टिप्पणी गर्दै

नीति तथा कार्यक्रमाथि आज एमाले अध्यक्ष ओलीले टिप्पणी गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने भएको छ ।

नीति तथा कार्यक्रममाथि एमाले अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा बोल्ने कार्यक्रम रहेको जनाइएको छ ।

नेकपा माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारले शुक्रबार नीति तथा कार्यक्रम ल्याएको थियो ।

सो कार्यक्रमाथि एमाले नेताहरुले विरोधमूलक टिप्पणी यसअघि नै गर्न थालिसकेका छन् ।

आज अध्यक्ष ओलीले पनि यसको विरोध नै गर्ने अनुमान छ । यसअघि पनि ओलीले सरकारको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने टिप्पणी गरेका थिए ।

सो कार्यक्रमलाई एमालेले पारित गर्न नसक्ने पनि उनले बताएका थिए । ओलीले संसदमा एमाले कमजोर रुपमा प्रस्तुता भइरहेको चर्चा भइरहेको भन्दै उनले कडा रुपमा प्रस्तुत हुनसमेत निर्देशन दिइरहेका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *