काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा एमाले असार ३० गतेका लागि सचिवालय बैठक डाकेको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बस्नेछ ।
राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसङ्गठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषय बैठकको मुख्य एजेण्डा हुने छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका उपाध्यक्षसँग पार्टी गतिविधिबारे छलफल थिए । बुधबारको छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए ।