नेकपा एसले बाेलायाे सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठक

नेकपा एसले बाेलायाे सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठक बोलाएको छ ।

एक साता बसेको पार्टी सचिवालय बैठकको निर्णयलाई मूर्तरूप दिन अझै छलफल आवश्यक रहेको र निर्णयको कार्यान्वयनका लागि सहज होस् भनेर सबै कमिटीको बैठक बोलाइएको हो ।

उनका अनुसार साउन १५ गते सचिवालय बैठक बस्ने छ । त्यसले स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीको प्रस्ताव तयार पार्ने छ ।

उपाध्यक्ष पाण्डेकाअनुसार साउन १६ र १७ गते स्थायी कमिटीको बैठक बोलाइएको छ । त्यस्तै साउन १८ र १९ गते पोलिट्ब्युरो बैठक आह्वान भएको छ । यसैगरी साउन २० र २१ गते केन्द्रीय कमिटीको बैठक तय भएको छ ।

पार्टी गठनको २३ महिना बितिसक्दा पनि पार्टी आधारभूत तहसम्म स्थापित हुन नसकेकोमा बैठकमा चिन्ता प्रकट भएको सदस्यहरुले बताएका छन् ।

मत ट्रान्सफर नहुँदा र गठबन्धन घटक दल इमान्दार नहुँदा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न बञ्चित रहेको निष्कर्षं पनि बैठकमा निकालिएको थियो ।

अगामी निर्वाचनमा एक्लै चुनाव लड्न सक्नेगरी पार्टीको संरचना र सामर्थ्य विस्तार हुनुपर्ने निचोड निकाल्दै बैठकले विशेष अभियानको प्रस्ताव गरेको छ । यद्यपि, त्यसको कार्ययोजना भने बन्न बाँकी रहेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *