नेपालको नाच युरोपमा

नेपालको नाच युरोपमा

एभरेस्ट नेपाल कल्चरल ग्रुपले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्टिझय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट प्रस्तुति दिएको छ।

चेक रिपब्लिकको प्ल्जेनमा हालै सम्पन्न मेलामा नेपालसहित विश्वका सात राष्टझ स्लोभाकियाको मियावा शहरमा सम्पन्न मेलामा नेपालसहित विश्वका आठ राष्टझको समूह सहभागी थिए। त्यस्तै, स्लोभाकियाको विभिन्न ठाउ∫बाट आएका २० भन्दा बढी समूहले भाग लिएका थिए। नेपालबाट ग्रुपका प्रमुख आरसी कोइराला (रामचन्द्र) को नेतृत्वमा ग्रुपका निर्देशक शीतल आचार्यको निर्देशन थियो।

ती प्रस्तुतिमा नृत्य निर्देशक जोगेन्द्र केसीको नृत्य निर्देशन र संगीत संयोजन रामबहादुर भुजेलको थियो। टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने विभिन्न नृत्य प्रस्तुत गरेको थियो। मेलामा नेपालको तर्फबाट न्याउरे, तामाङ, मारुनी, थाली, भैरव काली, धिमाल, कुमारी, लाखे, सोरठीलगायतका दर्जनौं नृत्य प्रस्तुत गरिएका थिए।

मेलामा नृत्यतर्फ नृत्य निर्देशक शम्भु शाही, कृष्ण रेउले, उत्तम शर्मा, भवानी कोइराला, चरिया गुरु चन्द्रमान मुनिकार, प्रमिला रिजाल, सपना महर्जन, गौरी ढकाल कोइराला, अनिशा श्रेष्ठ, चाहना राना मगर, वाद्यवादन तथा गायनतर्फ बासुरीवादक रामबहादुर भुजेल, वाध्यबादक धनेश्वर तिवारी, लोक गायक रामप्रसाद पाण्डे, गायिका रीता बुढाथोकी भुजेल र प्रबन्धक डेकप्रसाद अधीकारी (गोपाल) लगायत सहभागी थिए।

सहभागी अन्तर्राष्ट्रिय तथा नेपाली समूहका कलाकारलाई नृत्य निर्देशक जोगेन्द्र केसीले नेपाली गीतमा नृत्य प्रशिक्षण गराएका थिए भने नेपाली समूहले विभिन्न देशको नृत्य प्रशिक्षण लिएका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *