नेपालको संविधानमामाथि हमला हुने प्रयास भइरहेकोले त्यस्ता प्रवित्तिलाई निस्तेज गर्नुपर्ने :प्रदेश प्रमुख शेरचन

मानसिंह विश्वकर्मा , बुटवल , असोज ३
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ठूलो बलिदानबाट प्राप्त भएको संविधानलाई कुल्चिने प्रयास कसैले नगर्नका लागि सबैपक्षलाई सचेत रहन अपिल गर्नुभएको छ ।

उहाँले संविधानको पूर्ण परिपालन कार्यन्वयन गर्नका लागि सबैलाई जिम्मेवारी हुनुपर्ने बताउनुभयो । यस्तो विचार प्रदेश प्रमुख शेरचनले संविधान दिवस २०७९ को अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बताउनुभएको हो । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानमामाथि हमला हुने प्रयास भइरहेकोले त्यस्ता प्रवित्तिलाई निस्तेज गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालको संविधान २०७२ ले आम नेपाली जनतालाई सार्वभौम बनाउनको लागि उद्धत रहेको बताउँदै आमले संविधानको पूर्ण पालन र कार्यन्वयनका लागि सबै अगाडि बढाउनको लागि परिवर्तनशील शक्तिहरु एक जुत हुनुपर्ने बताउनुभयो । उहाँले संविधानले व्यवस्था गरेको समानुपातिक, समावेशी सिद्धान्तलाई अंगिकार गरी अगाडि बढेर आम जनताको जीवनलाई समृद्धिमा विकास गर्नुपर्ने बताउनुभयो । प्रदेश प्रमुखले सबैलाई संविधानको कार्यन्वय र परिचालनका लागि सबैलाई जिम्मेवार बनाउनको लागि सचेत नागरिकको सबैको भूमिका अगाडि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्ण घर्तीलगायत प्रदेशका मन्त्री, विभिन्न सरोकारवाला निकायको आतिथ्यता रहेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top