नेपाललाई १५ लाख कोभिड विरुद्ध बाईभ्यालेन्ट खोप हस्तान्तरण ।

चैत २९,
काठमाडौँ — नेपाललाई १५ लाखभन्दा बढी कोभिडविरुद्धको ‘बाईभ्यालेन्ट’ खोप हस्तान्तरण गरिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेललाई युरोपेली संघकी राजदूत नोना डेप्रेज, खोप सहयोग गरेका राष्ट्रका महावाणिज्य दूतावासका प्रतिनिधि, युनिसेफ र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुले संयुक्त रुपमा खोप हस्तान्तरण गरेका थिए ।

खोपहरु फरक-फरक समयमा आए पनि संयुक्तरुपमा हस्तान्तरण भने आज गरिएको हो । अष्ट्रियाबाट ४ लाख ३२० डोज, चेक रिपब्लिकबाट ३ लाख ६२ हजार ८८० डोज, फ्रान्सबाट १ लाख ९५ हजार ८४० डोज, ग्रीसबाट ३ लाख ४८ हजार ४८० र इटालीबाट १ लाख ९५ हजार ८४० गरी कुल १५ लाखभन्दा बढी खोप नेपाललाई प्राप्त भएको छ ।

खोप हस्तान्तरण गर्दै नेपालका लागि ईयूकी राजदूत डेप्रेजले भनिन्, ‘इयू र इयू समूहले कोभ्याक्स सुविधाका लागि प्रमुख योगदानकर्ता हो जसले विश्वका विभिन्न देशहरूमा खोपहरू वितरण गर्ने काम गरेको छ । हामी आशा गर्छौं कि खोपहरूले मानिसहरूलाई कोभिडविरुद्ध सुरक्षित राख्नेछ जसको जोखिम पूर्णरूपमा समाप्त भएको छैन ।’

सोही अवसरमा युनिसेफकी नेपाल प्रतिनिधि उषा मिश्राले कोभ्याक्समार्फत नेपालमा खोप वितरण गर्न र ती खोपहरू मानिसमाझ पुर्‍याउनका लागि सहयोग जारी राख्न युनिसेफ प्रतिबद्ध रहेको खबर कान्तिपुरले लेखेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top