नेपाललाई ४ कांस्य पदक

नेपाललाई ४ कांस्य पदक

काठमाडौं ।

मलेसियाको पेनाङमा जारी ३४औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालले ४ कांस्य पदक जितेको छ। प्रबल उप्रेतीले ५१ किलो तौलसमूहमा सिंगापुरका डेनी चाओ इजेईजीलाई पराजित गर्दै कांस्य पदक हासिल गरे।

त्यसैगरी, ५४ किलो तौल समूहमा सिंहवीर लिम्बुले इन्डोनेसियाका मोहम्मद देनिस विन अब्दुल अजिजलाई पराजित गर्दैै कांस्य पदक पक्का गरे।

यसैगरी, पुरुष ५७ किलो तौलसमुहमा छिरिङ वाङ्दी शेर्पाले इन्डोनेसियाका प्रतिद्वन्द्वी फकिह आन्दरा नासुसोनलाई पराजित गर्दै कास्य पदक पक्का गरेका हुन्। वाड्दी केही साताअघि दुबईमा सम्पन्न एएसबीसी जुनियर बक्सिङ प्रतियोगितामा काश्य पदक जित्न सफल भएका थिए। त्यसैगरी, ६० किलो तौल समूहमा सुलभ मालीले बाई पाएर कांस्य पदक पक्का गरेका थिए।

विभिन्न १० राष्ट्रका २० वर्ष उमेर मुनिका १ सय जना पुरुष मुक्केबाजहरूको सहभागितामा १३ वटा तौल समुहमा उक्त प्रतियोगिता सञ्चालन भइरहेकोमा हालसम्म नेपालले चार कांस्य पक्का गरिसकेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *