नेपालले दियो नामिबियालाई १३३ रनको लक्ष्य

नेपालले दियो नामिबियालाई १३३ रनको लक्ष्य

काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पहिलो खेलमा नेपालले नामिबियालाई जितका लागि १ सय ३३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ३२ रन बनायो। नामिबियाविरुद्ध नेपालका लागि भिम सार्कीले सर्वाधिक ४४ रन बनाए।

यस्तै गुलसन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ रनको योगदान गरे। पवन शर्राफले १२ रन बनाए। नेदरल्याण्ड्सका लागि जेरहार्ड इरासमसले ५ तथा रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रसेलले २–२ विकेट लिए। जान निकोलले एक विकेट हात पारे।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *