नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ। बुधबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो।

नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरे। ६४ बलमा ८ चौका र १ छक्का प्रहार गरेका आसिफले ५८ रन जोडे। अर्का ओपनर कुशल भुर्तेलले १८ रन जोडे।

त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ रन बनाएर आउट भएका थिए। नेपालका कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शून्य रनमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२ रन बनाए।

नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४-४ विकेट लिएका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *