नेपाली काँग्रेस रुपान्तरण अभियानका नेता तथा अभियानकर्ताले भेटे प्रधानमन्त्री

नेपाली काँग्रेस रुपान्तरण अभियानका नेता तथा अभियानकर्ताले भेटे प्रधानमन्त्री

काठमाडौं ।  नेपाली काँग्रेस रुपान्तरण अभियानका नेता तथा अभियानकर्ताले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल लाई भेटघाट गरेका छन् । उक्त भेटभाटमा देशको बर्तमान परिस्थीति, खस्कीदो अर्थतन्त्र र भ्रष्टचारका काण्डहरुको बारेमा कुराकानी भएको रुपाँन्तरण अभियानका नेता जगदिश्वोर नर्सिङ्ग केसीले जानकारी गराएका छन् ।

‘अहिलेको भ्रष्ट्रचारको मुद्धामा शुन्य सहनसिलता अपनाई,ललिता निवास ओम्नी काण्ड, सुन काण्ड, भुटानी शरणार्थी काण्ड, जातिए तथा सामाजिक सद्धभाब भड्काउने लगाएतका संबिधान बिपरीत तथा कानुन बिपरीत भइरहेका कार्यलाई रोक्न र निष्पक्षय रुपमा छानबिन गर्न भनेका छौ । यस्ता काण्डले राष्ट्रकै बेईज्त गराउने सबै खाले यस्ता मुद्धामा बलियो रुपमा आफुलाई उभ्याई उचित छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन समेत अभियान कर्ताहरुले आग्रह गरेका छन । देश र जनतालाई बलियो सरकार छ भन्ने अनुभुती गराउन हुन हार्दिक अपिल समेत गरेका छौँ,’ नेता केसी ले भने , ‘यस्लाई निछोडमा पुरयाई छाडने प्रतिबद्धत्ता प्रधानमन्त्री प्रचण्डले गर्नु भयो त्यस प्रति हामीले हार्दिक आभार ब्याक्त गरेका छौँ । रुपान्तरण अभियान कर्ताले यस्ता निन्दनिय कार्यको छानबिन गर्न सरकारलाई सघाउने समेत बताएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *