नेपाली भाषाको श्रीवृद्धिमा योगदान पुर्‍याएकोमा गंगाधर सम्मानित

नेपाली भाषाको श्रीवृद्धिमा योगदान पुर्‍याएकोमा गंगाधर सम्मानित

पोखरा । मदरल्यान्ड माविले पोखराका गंगाधर तिमिल्सिनालाई सम्मान गरेको छ । लामो समयसम्म शिक्षण पेसामा रही नेपाली भाषा शिक्षणमार्फत विद्यार्थीमा नेपाली विषयका भाषिक ज्ञान प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याएकोमा सम्मान गरिएको विद्यालयले जनाएको छ ।

सोमबार विद्यालयमा आयोजित समारोहमा वरिष्ठ साहित्यकार सरुभक्त, साहित्यकार सरस्वती श्रेष्ठ, विद्यालय निर्देशक डा. त्रिभुवन शर्मा, प्राचार्य नारायण बराललगायतले दोसल्ला ओढाउँदै उनलाई १० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरे ।

पोखरा ७, मासबार निवासी तिमिल्सिना शिक्षण पेसाबाट निवृत्तपछि पनि लेखनकार्यमार्फत नेपाली भाषाको उन्नयनमा लागिपरेका छन् ।

१९९९ साल पुसमा पोखरा २३, चैनपुरमा जन्मिएका उनले चार दशकसम्म शिक्षण गरी नेपाली भाषाको उन्नयनमा महत्वपूर्ण योगदान गरेका छन् । उनले पोखरा ५, वाराही माविमा २१ वर्षसम्म प्राचार्य रहेर योगदान गरेका उनी बगरस्थित विन्ध्यवासिनी संस्कृत विद्यापीठको संस्थापक प्राचार्यसमेत हुन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top