नेपाल–अफ्रिका फिल्म फेस्टिभलमा प्रकाशको बाजी

नेपाल–अफ्रिका फिल्म फेस्टिभलमा प्रकाशको बाजी

११औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२३ हालै राजधानीमा सम्पन्न भएको छ।

फेस्टिभलको नेपाली प्रतिस्पर्धामा दिनेश राउतको फिल्म प्रकाश उत्कृष्ट भएको छ भने सोही फिल्मबाट विकास सुवेदीले सर्वोत्कृष्ट स्कृप्ट र मान्छे मान्छे बोलको गीतबाट एलिश कार्कीले संगीतकारको अवार्ड चुमेका छन्। गत असार २३ देखि २५ गतेसम्म जमलस्थित राष्ट्रिय नाचघरमा प्रदर्शन गरिएको फिल्म मध्येबाट विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो। फेस्टिभलमा प्रेमगञ्जबाट तेज गिरीले अभिनेता, गीति फिल्म भाग्यले जुरी अवार्ड, सोही फिल्मबाट निता ढुंगानाले अभिनेत्री, रोशनकुमार श्रेष्ठले निर्देशक, यसराज (सुरज) गराचले अभिनेतातर्फको जुरी अवार्ड र सुनील कटुवालले सह अभिनेता, परिवारबाट वसुन्धरा भुसालले सह अभिनेत्री, हुक्काबाट कृष्णबहादुर थापाले छायाँकार, परिवर्तनबाट वीरेन्द्र भाट विपिनले सम्पादक, प्रधुम्न मिश्र निर्देशित दुविधाले सर्ट फिल्म, रोशनी केसी निर्देशित डेडिकेसन ले डकुमेन्ट्री र हावाम्यानबाट सामल कुमार बज्राचार्यले बेस्ट स्टुडेन्टको अवार्ड जिते।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा लोकप्रिय संगीतकार शम्भुजित बासकोटाको प्रमुख आतिथ्यमा सम्पन्न समापन समारोहमा अन्तर्राष्टिझयतर्फ घानाको सर्ट फिल्म याबाट निर्देशक इसी ह्यामोहले जुरी अवार्ड, जिम्बावेको कलिङ द डेडले अफ्रिकन डकुमेन्ट्री, केन्या र जर्मनको वाटु वाटोले अफ्रिकन सर्ट फिल्म र मोजाम्बियाको द ट्रेन अफ साल्ट एन्ड सुगरले अफ्रिकन फिचर फिल्मको अवार्ड पायो।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजना तथा चलचित्र विकाश बोर्ड र विलक्षण क्रियसन प्रालिको सह आयोजनामा सम्पन्न फेस्टिभलअन्तर्गत वीरेन्द्र हमालले माईम एक्टसम्बन्धी एक दिवसीय अभिनय प्रशिक्षण दिएका थिए। महोत्सवको दोश्रो दिन नेपाली सर्ट फिल्मको अन्तर्राष्ट्रिय बजार विषयमा भएको अन्तक्र्रियामा चलचित्र विकाश बोर्डका सदस्य राजु केसी, महोत्सवका संयोजक चिरञ्जीवि गुरागाईं, निर्देशक तथा समीक्षक मनोज पण्डित, सर्ट फिल्म निर्माता सुसान्त श्रेष्ठ वक्ता थिए। महोत्सवमा अफ्रिका महाद्वीप र बाहिरका सिनेकर्मीले अफ्रिकामाथि बनाएका उत्कृष्ट फिल्म देखाउने गरेको क्षत्रीले बताए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *