मंसिर २१ ।
नेपाल प्रहरीले जवान पदका लागि १,१६५ जना नयाँ भर्ना खुलाएको छ। मानवस्रोत विकास विभागअन्तर्गतको भर्ना छनोट शाखाले शुक्रबार यो जानकारी दिएको हो।
यसका साथै, ४७ भान्से र ११ कुचीकार पदमा पनि आवेदन माग गरिएको छ। दरखास्त फारम कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवल, कर्णाली प्रदेश तालिम केन्द्र बाँके र सुदूरपश्चिम तालिम केन्द्र दियायलमा उपलब्ध हुनेछन्।
काठमाडौं, भक्तपुर, ललितपुरका प्रहरी परिसर तथा अन्य जिल्ला प्रहरी कार्यालयबाट पनि फारम भर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ।
दरखास्त दर्ता प्रक्रिया मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म चल्नेछ।