नेपाल–भारतबीचको सम्बन्ध कसैले पनि बिगार्न सक्दैन :ओली

नेपाल–भारतबीचको सम्बन्ध कसैले पनि बिगार्न सक्दैन :ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको मित्रतापूर्ण सम्बन्ध कसैले पनि बिगार्न नसक्ने बताएका छन् ।

दुई मुलुकबीचको सम्बन्ध कहिले काहीँ केही कारणले सानातिना दरार भएपनि सम्बन्धलाई स्थायी रुपमा सधैँका लागि कसैले पनि बिगार्न नसक्ने अध्यक्ष ओलीको बुझाइ थियो ।

नेपाल–भारतमैत्री समाजले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई मुलुकबीचको सम्बन्धलाई खटपट हुन दिनु वाञ्छनीय नहुने पनि स्पष्ट पारे । अध्यक्ष ओलीले दुई मुलुकबीच देखिएका विद्यमान समस्या खुलस्त कुराकानी गरेर समाधान गर्नुपर्ने पनि दोहो¥याए ।

उनले दुई मुलुकबीच सँगसँगै हिँड्नुको विकल्प नरहेको स्मरण गराउँदै केही समस्याहरु भए समाधान गर्दै अघि बढ्नुपर्ने बताए । अध्यक्ष ओलीले न्याय र अन्तराष्ट्रिय उत्तरदायित्वलाई केन्द्रमा राखेर दुई मुलुकले आफ्नो सम्बन्धलाई अगाडि बढाउनुपर्ने बताए ।

उनले भने, ‘मैले धेरै ठाउँ भन्ने गरेको छु–राष्ट्रिय हीत हरेक देशले सोच्छ । राष्ट्रिय हीत सोच्दाखेरी न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व, राष्ट्रिय हीतको पक्षपोषण गरिरहँदा, कुराकानी गरिरहँदाखेरी जष्टिस र इन्टरनेशनल अब्लिगेशन दुई वटा कुरालाई सँगसँगै राखिएन भने त्यो अन्धराष्ट्रवाद हुन्छ । आफ्नो हित गर्ने, अरुको हित जेसुकै होस् । आफ्नो हीत गर्ने, न्याय जहाँसुकै परोस् । त्यस्तो होइन । हामी सदैव न्यायको पक्षमा छौं । हामी सदैव समानताको पक्षमा छौं । पारस्पारिक लाभ र सम्मानको पक्षमा छौं । र, सम्बन्धलाई साँच्चैको मित्रताको रुपमा अगाडि बढाउन चाहन्छौं । हाम्रो टे«डिशन के हो भने कृष्ण र सुदामा भेट हुँदा को राजा महाराजा, को गरिव ? को कृष्ण, को सुदामा ? भारत हाम्रो मित्र हो । पहिलो कुरा हामीले यो बुझ्नु प¥यो–भारत मित्र हो । त्यसकारण लागेको कुनै समस्या भने भारतसँग हामीले खुलस्त भन्नु प¥यो । पूर्ववक्ता मित्रले भन्नु भएको थियो–भारतको विरोध गर्नु राष्ट्रवाद होइन । र, भारतको, कसैको पनि नाजायज ढंगले समर्थन, नाजायज ढंगको विरोध, मतभेद हुन सक्दछ । आफ्ना जायज इन्ट्रेष्टमा । त्यो कुरा खुलस्त छलफल गरेर समाधान गर्नु पर्छ ।’

त्यस अवसरमा अध्यक्ष ओलीले भारतले ठूलाठूला प्रगति गरेको उल्लेख गर्दै खुशी समेत व्यक्त गरे ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *