नेपाल र हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै

काठमाडौं ।

नेपाल र हङकङबीच मैत्रीपूर्ण टी–२० क्रिकेट भइरहेको छ । हङकङमा आज भइरहेको उक्त खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङकङ गएको हो ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ ।

फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ । नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।

आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top