नेपाल वायुसेवा निगमले किस्त तिर्न सकेन , माग्यो थप समय ।

बैशाख ७
नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई नियमित पूरा किस्ता तिर्न नसकेपछि किस्ता संख्या बढाइदिन भन्दै थप समय माग गरेको छ । निगमले दुवै कोषलाई पत्र पठाउँदै किस्ताको संख्या बढाइदिन आग्रह गरेको हो ।
विश्वव्यापी कोरोनाको असरले उड्ययन व्यापारमा आएको प्रतिकुल अवस्थाले असर पारेको जनाउँदै निगमले किस्ताको संख्या बढाएर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन पत्र पठाएको हो । साथै निगमले कोरोना महामारी समयावधिको ब्याजको ब्याज, हर्जाना र पेनाल छुट गरिदिन दुवै कोषलाई आग्रह गरेको छ ।

यसैबीच निगमले चैत महिनाको किस्ताबापत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरिएको जनाएको छ । निगमले २०७९ असारयता दुवै कोषलाई कुल २ अर्ब ९४ करोड २८ लाख रुपैयाँ बराबर भुक्तानी गरिएको जनाएको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट २०७४ जेठमा जहाज किन्न १२-१२ अर्ब रुपैयाँ ऋण लिएको थियो । तर बीचबीचमा किस्ता तिर्न नसकेपछि अहिले नागरिक लगानी कोषमा सो ब्याज पुँजीकरण हुँदा कुल ऋण रकम १७ अर्ब ६० करोड पुगेको कोषका प्रवक्ता उद्धव सिलवालले जानकारी दिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top