
नेपाल शिक्षक संघ संघीय कार्यसमिति र देशभरका ७७ जिल्लाका जिल्ला अध्यक्षहरुबीचको संयुक्त बैठक एवं प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि माछापुच्छे« गाउँपालिका वडा ८, ल्वाङमा हुन लागेको हो ।
३ दिनसम्म संचालन हुने उक्त कार्यक्रम शिक्षक संघको इतिहासमै ऐतिहासिक हुने आयोजकको दाबी छ । जसको व्यवस्थापन नेपाल शिक्षण संघ कास्कीले गरेको जिल्ला अध्यक्ष राजु क्षत्रीले बताए ।
होमस्टे सुविधासहित पर्यटकीय गाउँ ल्वाङमा हुने उक्त कार्यक्रममा शिक्षक संघको केन्द्रीय कार्यसमिति र ७७ जिल्लाकै अध्यक्षहरुबीच संयुक्त बैठक एवं प्रशिक्षणमा शिक्षक संघको विधान संशोधनदेखि लिएर तालिम र प्रशिक्षणका लागि एकीकृतरुपमा पाठ्यक्रम निर्माण एवं शिक्षा ऐनबारे घनीभूत छलफल गरिने छ ।
कार्यक्रमको दोस्रो दिन पुस २८ गते नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले उद्घाटन गर्ने छन् ।