नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा, श्रद्धाञ्जली दिनेकाे भीड

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा, श्रद्धाञ्जली दिनेकाे भीड

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिएकाे छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा राखिएकाे उनकाे पार्थिव शरीरमाथि फूलमाला सहित श्रद्धाञ्जली दिने नेता-कार्यकर्ता तथा शुभेच्छुककाे भीड लागेकाे छ ।

पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

 त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलीका लागि त्यहाँ पुग्ने क्रम जारी छ । प्रतिनिधिसभामा इलामबाट निर्वाचत सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो । उनकाे पार्थिव शरीर भाेलिसम्म पार्टी कार्यालयमै राखिनेछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *