नेसपा (नयाँ शक्ति) को राष्ट्रिय महाधिवेशनका लागि कपिलवस्तुका प्रतिनिधिहरू चयन

नेसपा (नयाँ शक्ति) को राष्ट्रिय महाधिवेशनका लागि कपिलवस्तुका प्रतिनिधिहरू चयन

कमलेशचन्द्र गुप्ता कपिलवस्तु,  माघ १० –
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को आगामी राष्ट्रिय महाधिवेशनका लागि कपिलवस्तु जिल्लाबाट प्रतिनिधिहरू चयन गरिएका छन्। महाधिवेशन आयोजक समितिका सदस्य श्री नरायण खनालको प्रमुख आतिथ्यता र कपिलवस्तु जिल्ला अध्यक्ष श्री रामनिवास पुरीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिहरू चयन गरी नामावली पठाउने निर्णय गरेको छ।
बैठक २०८९ माघ ९ गते सम्पन्न भएको हो। बैठकमा महाधिवेशनका लागि कपिलवस्तु जिल्लाबाट सर्वसम्मत रूपमा चयन गरिएका प्रतिनिधिहरूको नामावली यसप्रकार छः
बिमलेश मौर्य
बम बहादुर यादव
इन्द्रमणि यादव
दुर्गा रिजाल
राधा खनाल
राजेन्द्रमणि पाठक
देव बहादुर भुसाल
इलियास मुसलमान
राम निवास पुरी
बैठकले २०७९ माघ २७ गते हुने महाधिवेशनमा प्रतिनिधिहरूले जिल्लाको तर्फबाट सहभागी भई पार्टीको नीति र रणनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
सम्बन्धित नामावली र विवरण राष्ट्रिय महाधिवेशन आयोजक समितिमा पठाइएको जानकारी बैठकमा गराइएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *