
नेसपा ले कपिलवस्तुको तीनवटै क्षेत्रका उम्मेदवारको नाम सिफारिस गर्यो ।
कमलेश चन्द्र गुप्ता / कपिलवस्तु
नेपाल समाजबादी पार्टीले कपिलवस्तुमा तीनवटै क्षेत्रको लागि उम्मेदवार को नाम छनौट गरी सिफारिस गरेको छ । शुक्रवार बसेको जिल्ला समिति को वैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको लागि प्रत्येक्ष तथा समानुपातिकको लागि उम्मेदवार सिफारिस गरिएको हो।
कपिलवस्तु क्षेत्र न १ संघमा समानुपातिक तर्फ वाट मेधनाथ पौडेल र तेज प्रसाद खनालको नाम सिफारिस गरेको छ ।
कपिलबस्तु क्षेत्र न २ बाट संघमा प्रत्यक्ष तर्फ डॉ. अब्दुल मोबिन मुसलमान को नाम सिफारिस भएको छ भने प्रदेश का लागि क्षेत्र न.२ ‘क’मा प्रत्यक्ष तरफ दुर्गा रिजाल र ‘ख’ मा राजेन्द्रमणि पाठक को एकल नाम सिफारिस गरिएको हो। त्यस्तै प्रदेशका लागि क्षेत्र न ३ ‘क’ मा प्रत्यक्ष तर्फ मो. रहीश शाह र ‘ख’ मा मो. इस्ताकलाई सिफारिस भएका हुन। प्रदेश समानुपातिकमा बिष्णु प्रसाद आचार्य ,कलामुन निसा धोबी , बंदना पाठक, सारदा देवी आचार्य, राम लखन जैशवाल, नीरमाल सिंहको नाम सिफारिस भएको जिल्ला अध्यक्ष राम नेवास पूरीले जानकारी दिनु भयो। पूरीले कुराकानीमा अहिले ३ नम्बरको लागि केही ब्यक्तिहरुलाई ल्याउनको छलफल समन्वय भई रहेको बताए।