नो विन्टर होलिडेज ढोरपाटन उत्कृष्ट

नो विन्टर होलिडेज ढोरपाटन उत्कृष्ट

काठमाडौं ।

राजधानीमा मंगलबार सम्पन्न नेपाल मानव अधिकार फिल्म फेस्टिभलमा राजन कठेत र सुनिर पाण्डे निर्देशित नो विन्टर होलिडेज ढोरपाटनले उत्कृष्ट फिचर–डकुमेन्ट्री विधाको अवार्ड चुमेको छ।

महोत्सवको ११औं संस्करणमा सो डकुमेन्ट्रीको नेपाल प्रिमियर गरिएको थियो। लघु फिल्मको विधातर्फ आकांक्षा कार्कीको सनाइले बेस्ट न्यारेटिभ, लघु वृत्तचित्र विधामा एलएसएम र सहयोगराज अधिकारीको यात्रा उत्कृष्ट हुँदा अन्तर्राष्ट्रिय लघु वृत्तचित्रको अवार्ड भने स्पेनका जुलेन जुबिटको अ माउन्टेन अफ मेमोरिजले जितेको छ।

महोत्सवमा उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड एज अफ लर्निङबाट शुभांगी खड्काले जितेकी छन् भने छोटो कथानक अन्तर्राष्ट्रियतर्फ जर्मनीका जवाहिन जेनिटारको अन माई फादर ग्रेभ उत्कृष्ट भएको छ।

उत्कृष्ट कथानकका लागि बेलायतको एल्हम एहसासको लघु फिल्म येल्लोलाई र फिचर डकुमेन्ट्रीतर्फ सौरभ कान्ति दत्तको फतिमालाई जुरी मेन्सन अवार्ड प्रदान गरियो।

पर्यटन बोर्ड र चलचित्र विकास बोर्डमा चार दिनसम्म चलेको महोत्सवमा विश्वभरबाट खुल्ला आवेदनमार्फत संकलन गरिएका कथानक, वृत्तचित्र, एनिमेसन लगायत २७ देशका ५४ फिल्म प्रदर्शन गरिएको थियो।

महोत्सवको निर्णायक सदस्यमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई थिए। महोत्सवमा मानव सिनेमा विकासका लागि राजनीतिक प्रतिबद्धता र सामूहिका अधिकार : अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व विषयमा राजनीतिकर्मी, अधिकारकर्मी तथा फिल्मकर्मीबीच छलफलका साथै मानव अधिकारस“ग सम्बन्धित फोटो प्रदर्शनी पनि गरिएको थियो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *