न्युनतम पारिश्रमिक वृद्धि नगरिएपछि चिया मजदुर आन्दोलित

न्युनतम पारिश्रमिक वृद्धि नगरिएपछि चिया मजदुर आन्दोलित

  • युवराज आचार्य

झापा । मजदुरको न्युनतम पारिश्रामिक नबढाइएपछि झापामा चिया मजदुरहरू आन्दोलित भएका छन् । पारिश्रमिक बढाउनुपर्ने, रोजगार सम्झौता लागु गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

मजदुरहरुको आन्दोलन अहिले काँकरभिट्टामा जारी छ । जिल्लाका विभिन्न क्षेत्रबाट आएका मजदुरहरुले यतिबेला काँकरभिट्टाको सडकमा नारा लगाइरहेका छन् । ‘न्युनतम पारिश्रामिक वृद्धि गर’ ‘पत्ती डबली वृद्धि गर’ ‘रोजगार सम्झौता लागु गर’ लगायतका नारा लगाइरहेका सयौँ मजदुरहरुको आन्दोलनले काँकरभिट्टा अस्तव्यस्त बनेको छ ।

‘विगत ३ बर्षदेखि मजदुरको पारिश्रामिक बढेको छैन, जसका कारण हाम्रो पारिश्रामिक बढाउनुपर्ने माग राखेर हामी आन्दोलनमा छौँ,’ आन्दोलनमा सहभागी भुपाल सापकोटाले भने, ‘सरकारले ल्याएको सामाजिक सुरक्षा ऐन कार्यान्वयन हुनुपर्ने, रोजगार सम्झौता लागु गर्नुपर्ने लगायत हाम्रो प्रमुख माग हो ।’

उनका अनुसार अहिले चिया मजदुरहरुले ४ सय ३५ रुपैँया मात्रै पारिश्रामिक पाउँदै आएका छन् । ‘उक्त पारिश्रामिकलाई बढाएर ५ सय २५ बनाउनुपर्छ,’ उनी भन्छन् ।

भदौ ७ गतेदेखि देशभरका चिया बगान बन्द गर्ने यसअघि नै निर्णय गरिसकेको बताउँदै उनले थपे, ‘त्यसकै दबाबस्वरुप यो आन्दोलन गरेक हौँ, भदौ ७ गतेदेखि देशभरका चिया बगान बन्द गर्छौं ।’

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *