
असोज ३ , पत्थरदेइया ।।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आखा अस्पताल, बहादुरगंजको प्राविधिक सहयोग र विजयनगर गाउँपालिका वडा नं. ३ कपिलवस्तुको आयोजना तथा स्थानिय व्यवस्थापनमा १ दिने निःशुल्क आँखा जाँच शिविरसम्पन्न भएको छ । मोतिबिन्दु एवम् आँखाको समस्या भएका सम्पूर्ण बिरामीहरुलाई सहयोग पुग्ने उद्देश्यले उक्त शिविर संचालित गरिएको वडा अध्यक्ष हृदय बिकास चौधरीले बताएका छन । जनता आधारभूत विद्यालय, विजयनगर-३, पत्थरदेइया भएको शिविरमा १६८ महिला र ११८ पुरुष गरि जम्मा २८६ जनाको हुँदा ५९ जनाको मोतियाबिंदुको अप्रेसनको लागि छनोट भएको र सबैको अप्रेसन निशुल्क हुने वडा अध्यक्ष चौधरीले बताएका छन ।
