परदेशी–२ को कुरा सीधा छ

परदेशी–२ को कुरा सीधा छ

लोक गायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझीद्वारा निर्देशित सुपरहिट फिल्म परदेशीको सिक्वेल फिल्म परदेशी–२ मा समावेश कुरा सीधा छ बोलको डान्सिङ शैलीको गीत बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको छ।

आगामी असोज २६ गते रिलिज हुने फिल्मको सार्वजनिक गीतमा यसका मुख्य कलाकार अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटीलाई प्रस्तुत गरिएको छ। प्रताप दास र मीना निरौलाको स्वर रहेको गीतमा बीबी अनुरागीको शब्द र संगीत रहेको छ भने भिडियोको कोरियोग्राफी गोविन्द राईले गरेका छन्। लिरिकल शैलीमा तयार पारिएको गीतको भिडियोको सम्पादन मिराज अर्यालले गरेका छन्।

दशैंको छेको पारेर प्रदर्शनमा आउने फिल्ममा प्रकाश र वर्षास“गै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सविन बास्तोला, रोशनी कार्कीलगायतले अभिनय गरेका छन्। परदेश पुगेका सन्तानको पर्खाइमा रहेका आमाबुबाको कथा बुनिएको फिल्ममा रमेश बिजीको कथा र पटकथा मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ।

फिल्म राजेश वंशल र निर्देशक रायमाझीले संयुक्त रूपमा निर्माण गरेका हुन्। गोर्खा पल्टन र परदेशीजस्ता सुपरहिट फिल्म दिइसकेका रायमाझी परदेशी–२ मार्फत निर्देशनमा सफलताको ह्याट्रिक गर्ने तयारीमा छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *