परदेशी–२ लाई चार दिनमा २ करोड

परदेशी–२ लाई चार दिनमा २ करोड

दुई करोड हाराहारी ग्रस कलेक्सन गरेको रिपोर्ट निर्माण पक्षले सार्वजनिक गरेको छ। फिल्मले गत सोमवारसम्म दुई करोड रुपियाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको हो। निर्माण संस्थाका अनुसार फिल्मले मंगलवार र बुधवार पनि देशभरका हलमा दर्शकको राम्रो साथ पाएको छ।

लोकप्रिय लोक गायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझीको निर्देशनमा बनेको फिल्ममा कथा र पटकथा रमेश बिजीको छ। राजेश वंशल र नारायण रायमाझीद्वारा निर्मित फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्कीलगायतले अभिनय गरेका छन्। फिल्म परदेश पुगेका सन्तानको पर्खाइमा रहेका आमाबुवाको कथामा आधारित छ।

फिल्मले सुखद् कमाई गरिरहेकै बेला यसमा समावेश कुरा सिधा छ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ। गीत यसअघि पर्दापछाडिको देृश्यसहित लिरिकल शैलीमा ल्याइएको थियो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटीलाई प्रस्तुत गरिएको छ। प्रताप दास र मिना निरौलाको स्वर रहेको गीतमा बिबी अनुरागीको शब्द तथा संगीत र गोविन्द राईको कोरियोग्राफी रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *