परदेशी–२ : सामाजिक कथामा पारिवारिक फिल्म

परदेशी–२ : सामाजिक कथामा पारिवारिक फिल्म

विजया दशमीको पूर्वसन्ध्या पारेर आगामी शुक्रबारबाट रिलिजमा आउने फिल्म परदेशी–२ को ट्रेलर सार्वजनिक गरिएको छ।

लोकगायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझीद्वारा निर्देशित फिल्मको ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदना प्रस्तुत गरिएको छ। प्रेम, बिछोड, उमंग, द्वन्द्वलगायतका मानवीय संवेदनाका विविध पक्षको समिश्रणसहित तयार पारिएको फिल्मको ट्रेलरमा गीतसंगीत पक्षलाई विशेष स्थान दिइएको छ। ट्रेलरमा यसै फिल्मबाट अभिनेताका रूपमा डेब्यु पाएका गायक प्रकाश सपूतलाई प्राथमिकता दिएको छ। प्रशान्तका साथमा अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटीस“गै अभिनेताद्वय प्रशान्त तामाङ र दिलीप रायमाझीलाई पनि ट्रेलरमा प्रस्तुत गरिएको छ। निर्देशक रायमाझीको सुपरहिट सामाजिक फिल्म गोर्खा पल्टनमा लाहुरेको भूमिकामा देखिएका अभिनेता प्रशान्त तामाङ परदेशी–२ मा पनि सोही भूमिकामा छन्। रायमाझीले परदेशीको सफलतापछि त्यसैको सिक्वेलस्वरूप परदेशी–२ निर्माण गरेका हुन्।

निर्देशक रायमाझी र राजेश वंशलको संयुक्त निर्माणमा बनेको फिल्ममा प्रकाश, केकी, वर्षा, प्रशान्त र दिलीपका साथमा नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतले अभिनय गरेका छन्। फिल्ममा रमेश बिजीको कथा र पटकथा, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन, मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ।

फिल्मको रिलिज डेट नजिकि“दै जा“दा काठमाडौंका साथमा विभिन्न जिल्लामा पुगेर प्रमोसन गर्दै आएको फिल्मको निर्माण समूहले फिल्ममा केन्द्रित गीति नाटक देखेर फिल्मप्रति लोभ्याइरहको छ। यसै क्रममा शनिबार फिल्मका निर्देशक तथा कलाकारहरू भक्तपुरको चा“गुनारायण ताथलीमा जारी श्रीमद्भागवत् महायज्ञमा पुगेर भक्तजनमाझ प्रस्तुत भएका छन्। फिल्मका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी र वर्षा शिवाकोटी भक्तजनमाझ प्रस्तुत हु“दा बाजागाजा र फूलमालाको स्वागत पाए। महायज्ञमा निर्देशक रायमाझीले भजन प्रस्तुत गरेका थिए। त्यसपश्चात् अन्य सांगीतिक प्रस्तुतिसमेत दिएका उनले परदेशी–२ घर–घरको कथामा बनेको जनाउ“दै फिल्म हेर्न अपील गरेका थिए। अभिनेता प्रकाश सपूतले गीतहरू प्रस्तुत गर्दै परदेशी–२ सामाजिक कथामा बनेको पारिवारिक फिल्म भएका बताए। अभिनेत्रीद्वय केकी र वर्षाले दशैंको माहोलमा मन छुने फिल्म आउन लागेको बताए।

प्रमोसनकै क्रममा फिल्मको निर्माण समूहले आइतबार राजधानीको नया“ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा फिल्मस“ग केन्द्रित गीति नाटक प्रस्तुत गरिएको थियो भने फिल्मका निर्माता निर्देशक तथा कलाकारहरूले फिल्मका विविध पक्षबारे जानकारी गराएका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *