परस्त्रीको जीवन भनेको

परस्त्रीको जीवन भनेको

आगामी शुक्रबार अल नेपाल रिलिज हुने फिल्म परस्त्रीको लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ।

फिल्मको मुख्य पात्र आभ्याको जन्मदिनको सेटअपका तयार पारिएको सार्वजनिक गीतले फिल्मको कथाको संकेत गरेको छ। जीवन भनेको बोलको गीतमा फिल्मका मुख्य कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव विष्टका चल अचल दृश्य प्रस्तुत गरिएका छन्। केके ब्रदर्सको कम्पोज तथा शब्द रचना रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन्। डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्म नेपाली र हिन्दीमा रिलिज हुने फिल्मले बिहेपछिको सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा बोकेको छ।

अभिनेता सुरज पाण्डेको डेब्यु निर्देशनमा बनेको फिल्ममा कोशिस, शिल्पा र गौरवका साथमा अलिशा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन्। निर्मात्री शर्मिला पाण्डे र निर्माता निर्देशक दीपेन्द्र के खनालले संयुक्तरुपमा निर्माण गरेको फिल्म खनालले नै लेखेको छन्। थ्रिलर जनरामा निर्मित फिल्म जिजिए ग्रुप र डीसीएनले वितरण गर्दैछन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *