पाइलट कार्की मिस्टर नेपाल- २०२३

पाइलट कार्की मिस्टर नेपाल- २०२३

मिष्टर नेपाल–२०२३ को उपाधि विराटनगरका ३२ वर्षीय समर्पण कार्कीले चुमेका छन्। पेसाले पाइलट कार्की राजधानीमा सम्पन्न प्रीतयोगितामा १८ प्रतियोगीलाई पछि पार्दै शीर्ष विजेता बनेका हुन्। कार्कीले मिस्टर इन्टलेक्चुअलको उपाधि समेत जिते।

विजेता भएबापत कार्कीले पाँच लाखबराबरको उपहारसँगै मिस्टर वल्र्ड–२०२३ वा मिस्टर ग्लोवल–२०२३ मा नेपालको प्रतिनिधित्व अवसर प्राप्त गरेका छन्।

प्रतियोगितामा काठमाडौंका निमेश कपाली फस्ट, काभ्रेका क्रिसल श्रेष्ठ सेकेन्ड, चितवनका डा. विजय दुवाडी थर्ड र भक्तपुरका असिम लामिछाने फोर्थ रनर्सअप भए। उनीहरुले क्रमशः बेस्ट पर्सनालिटी, मस्ट ट्यालेन्ट र स्टाइल आइकन, पब्लिक च्वाइस र मस्ट फोटोजेनिक उपाधि पनि जिते। प्रतियोगितामा रमननाथ गिरी मस्ट पपुलर, प्रेमकुमार यादव मिस्टर एक्टिभ र बेस्ट फिजिक, मिकाज कार्की बेस्ट स्किन, राजीव तिवारी बेस्ट हेयर र लोकेश प्रधानांग म्यान च्वाइस भए। कार्यक्रममा आईईसी कलेज अफ फेसनका २१ र २२ ब्याचका बिद्यार्थीले फेसन सामग्री तयार पारेका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *